एनआरएनए न्युजिल्याण्डको अन्तराष्ट्रिय समन्वय समितिमा सबैभन्दा कान्छा सदस्य

एनआरएनए न्युजिल्याण्डको अन्तराष्ट्रिय समन्वय समितिमा सबैभन्दा कान्छा सदस्य

७ साउन, काठमाडौँ ।
न्युजिल्याण्डका नेपालीहरुले अहिले सम्म कै कान्छो ब्यक्तिलाई अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा निर्वाचित गरेका छन् । २८ बर्षीय विशाल सापकोटा अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा निर्वाचित भएका हुन् । यसभन्दा पहिले कान्छो सदस्य निर्वाचितकथो रेकर्ड अष्ट्रेलियाको नाममा रहेको थियो ।

सापकोटालाई न्युजिल्याण्डका नेपालीहरुले समाजमा स्पष्ट बक्ता र जिम्मेवारीलाई पूर्ण लगनशीलतामा गन्तब्यमा पुर्याएरै छोड्ने अडिग ब्यक्तिको रुपमा चिन्ने गरेको एनआरएनए न्युजिल्याण्डका नवनिर्वाचित कोषाध्यक्ष विपन भण्डारीले जानकारी दिए ।

उनी सन 2014 मा बिद्यार्थी भिसामा न्युजिल्याण्ड पुगेका थिए । उनी अहिले हस्पिटालिटीमा कार्यरत छन । नेपालमै रहदा पनि सामाजिक संघ संस्थामा सक्रिय रहदै आएका थिए । गत 20 जुलाई मा एनआरएनए न्युजिल्याण्डले आफ्नो निर्वाचन सम्पन्न गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.