७ साउन, सुनसरी ।
सुनसरीको धरानमा खानेपानी छेपेको विवाद हुँदा मंगलबार छुरा प्रहार भएको छ । छुरा प्रहारबाट एक जना घाइते भएका छन् ।
मंगलबार बिहान साढे १० बजे धरान उप–महानगरपालिका–६स्थित बिशाल चोक बस्ने ३२ वर्षीय काजीमान तामाङलाई खानेपानी छेपेको भन्दै सोही स्थान बस्ने २० वर्षीय बसन्त लिम्बु र भोजपुरको रामप्रशाद गाउँपालिका घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने १९ वर्षीय हाङकोप राईले एक्कासी दाहिने कोखामा छुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइते तामाङलाई उपचारका लागि बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ भने छुरा प्रहार गर्ने दुबैलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।