४७१ रुपैँयामा क्लासिक टेककाे ५० एमबिपिएसको इन्टरनेट

४७१ रुपैँयामा क्लासिक टेककाे ५० एमबिपिएसको इन्टरनेट

७ साउन, विराटनगर ।
क्लासिक टेक प्रा. लि.ले नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौँ बार्षिक उत्सवकोे उपलक्ष्यमा सस्तो दरमा आकर्षक इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।क्लासिक टेकले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने कम्पनीले जनाएको छ ।

विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ । नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यस कम्पनीसँग हाल एक सय जीवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेको क्लासिक टेकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.