कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

काठमाडौँ : एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।

समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो ।

गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा नवीन झाले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.