मोरङ प्रहरीमाथि पीडितको प्रश्न, किटानी जाहेरी दिदा पनि किन पक्राउ नगरेको ?

११ साउन, विराटनगर ।

कुटपिटका कारण मृत्यु भएको दाबी गरिएका विराटनगर १४ का मृतक सेमानन्द यादवका परिवारले प्रहरीले घटनाका आरोपित ब्यक्तिहरु पक्राउ गर्न चासो नदिएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ मोरङ शाखामा शनिबार पत्रकार सम्मेलनगरि मृतक पक्षले घटना भएको यत्तिका दिन बित्तिसक्दा समेत प्रहरीले पक्राउ गर्न चासो नदिएको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा मृतकका आफ्न्त धिरेन्द्र यादवले घटना भएलगत्तै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिंदा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न चासो नदिएको आरोप लगाउदै पीडितको मृत्य भइसक्दा समेत उनीहरुलाई पक्राउ नगरिएको गुनासो गरे । मृतकका छोरा मुकेश यादवले घटना भएको जेठ ३२ गते आफु समेत विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा बाबुसंगै उपस्थित रहेको जानकारी दिए । छलफल हुने क्रममा आफ्ना बाबुले दाई राजेशले विवाह गर्न नमानेको जानकारी गराएपछि आक्रोशित बलदेव यादव सहितको समूहले कोठामा लगेर निर्घात कुटपीट गरेको दाबी गरे । कुटपिट पछि बेहोस भएका बाबुलाई उनिहरुले नै घर सामुन्नेको नाला छेउमा लगेर छाडिदिएको मुकेशको भनाई छ ।

Advertisement

मृतककी श्रीमती कन्दुलादेवी यादवले घरमा बसिरहेका श्रीमानलाई छलफल गर्ने भन्दै घरबाटै लगेर कुटपिट गरिएको बताउदै अहिले पीडक पक्षले मिल्न भनेर दबाब दिइरहेको जानकारी गराइन्। नमिल्ने बताएपछि अहिले आफ्ना छोराहरुलाई धम्की आइरहेको समेत उनको भनाई थियो । सो घटनामा पीडित पक्षले विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवसहितका ९ जना ब्यक्तिहरु बिरुद्ध कर्तब्य ज्यान उद्योगमा मुदा दर्ता गराएको छ । छोरोले विवाह गर्न नमानेपछि वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा सेमानन्दलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट उनको सर्भाइकल स्पाइनमा गम्भीर चोट लागेका कारण असार २६ गते उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पीडित परिवारले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले भने अभियुक्त पक्राउ गर्न कुनै हेलचक्र्याई नगरिएको दाबी गरेका छन् । अभियुक्तहरु सिमापार फरार भएकाले पक्राउ गर्न समस्या भएको उनको भनाई छ ।

भर्खरको समाचार

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top