नगरकोट सडक ६ वर्षमा पनि नबनेपछि संसदीय समितिको चासो

१२ साउन ७६, सोमबार

१३ साउन, काठमाडौँ ।
ससदीय समितिले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोट जाने सडक निर्माण प्रक्रियाका सम्बन्धमा चासो राखेको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुर–नगरकोट सडक खण्ड ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पूरा हुन नसकेपछि संघीय संसद, प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिले त्यसतर्फ चासो देखाएको हो ।

विसं २०७० सालमा १७ किलोमिटर सडक निर्माणका लागि शैलुङ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । ३७ करोड ८७ लाख रुपैया लागतमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सनले समयमै निर्माण सम्पन्न नगरेपछि समितिले सो सडक खण्डको स्थलगत अनुगमन गरि एक बर्ष भित्र निमार्ण सम्पन्न हुनेगरि कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्थलगत अवलोकनपछि आयोजित अन्तत्र्रिmयामा स्थानीयले सडक निमार्ण समयमै हुन नसक्दा नगरकोट क्षेत्रका होटल लगायतका व्यवसाय धरापमा परेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले समितिका सदस्य अनुगमनमा आउने थाहा पाएपछि सडक ममत सुरु गरेको पनि बताए । ठेक्का सम्झौता पाएको शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिले भने समयमा रकम निकासा नभएकाले काम प्रभावित भएको दाबी गरेका छन् । कन्स्ट्रक्सनका प्रतिनिधि सुदन गौलीले झण्डै ९ करोड रुपैयाँ निकासा हुन नसकेको बताए ।

Advertisement

भारतको एगजिम बैंकको सहयोगमा विस्तार हुन लागेको यो सडक आयोजना आर्थिक बर्ष २०७२÷७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो । भक्तपुरको कमलविनायक–नगरकोट सडक आयोजनाको निर्माण ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी समेत हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top