साउन १६, विराटनगर । विराटनगरका गुरुप्रसाद बराललाई प्रकाश मानवअधिकार पुरस्कार प्रदान गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरस्थित उद्योग संगठनमा विहीबार आयोजना गरेको कार्यक्रमकाबीच बराललाई सो पुरस्कार प्रदान गरिएको छ ।
प्रदेश एकका प्रमुख प्रा.डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले बराललाई सम्मानपत्र र ५० हजार नगद राशी सहितको सो पुरस्कार प्रदान गरे । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा सो पुरस्कार प्रदान गरिंदै आएको छ ।
शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको कदरस्वरुप बराललाई सो पुरस्कार प्रदान गरिएको हो ।
मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने ब्यक्तित्वहरुलाई प्रदान गरिंदै आएको सो पुरस्कारको २५ औं श्रृखला बराललाई प्रदान गरिएको हो ।
कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई,सामाजिक विकास मन्त्री जीवन घिमिरे,प्रदेशसभा सदस्य जयराम यादव,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ सहित समाजका विभिन्न वर्गका ब्यक्तिहरुको उपस्थिति थियो ।