भारतीय पत्रकार रविश कुमारलाई म्यागसेसे पुरस्कार

१७ साउन ७६, शुक्रबार
Share this
744shares

साउन १७, एजेन्सी । रतीय पत्रकार रविश कुमारले यस वर्षको रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement

आवाजविहीनहरुलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविश कुमारलाई अवार्डबाट पुरस्कृत गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिले जनाएको छ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागसेसेको नाममा स्थापना भएको पुरस्कारमा यस वर्ष रविशसँगै म्यानमारका पत्रकार को सी विन, थाइल्याण्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमण्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोगं की पनि पुरस्कृत भएका छन्।

Advertisement

म्यानमारका पत्रकार तथा अलनाइन न्यूज पोर्टल म्यानमार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरे वापत उनलाई पुरस्कृत गरिएको जनाइएको छ।

विनलाई सामाजिक सद्भाव भड्काउने किसिमको समाचार फेसबुकमा प्रेसित गरेको भन्दै म्यानमार सरकारले दूरसञ्चार कानुनअन्तर्गत मानहानीको मुद्दा लगाएको थियो। जसका कारण उनी करीब दुई वर्ष कैद भोग्न बाध्य भएका थिए।

Advertisement

विनले फेसबुकमा शेयर गरेको समाचारमा म्यानमारका बौद्ध भिक्षुहरुले रोहिंग्यालगायतका अल्पसंख्यक समुदायहरुबाट तालिवानले जस्तै अमानवीय व्यवहार गरेको विषयवस्तु समेटिएको थियो। तर, उनको गिरफ्तारीलाई लिएर म्यानमार सरकारको अन्तर्रा्ष्ट्रियरुपमै चर्को आलोचना भएपछि एक महिनामात्र राखेर उनलाई रिहा गरिएको थियो।

पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिला वितरण गरिनेछ । यो पुरस्कार नेपालका अनुसन्धाता महेशचन्द्र रेग्मी, पत्रकार भारदत्त कोइराला डाक्टर सन्दुक रुइत, संचार प्रविधिविज्ञ महावीर पुन, र शक्ति समूहले पाइसकेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top