चिनीयाँ सामग्रीमा थप शुल्क लगाउने अमेरिकाको घोषणा

साउन १७, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी सेप्टेम्बर महिनाको १ तारिख देखि चीनबाट अमेरिका भित्रिने ३ खर्ब अमेरिकी डलर मूल्य बराबरका चिनीयाँ सामग्रीमा थप शुल्क लगाउने बताएका छन् ।

उनले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘व्यापार वार्ता जारी छ, अमेरिकाले सेप्टेम्बर महिनाको १ तारिखदेखि चीनबाट हाम्रो देशमा आउने गरेको ३ खर्ब अमेरिकी डलरका सामग्रीमा १० प्रतिशत शुल्क थप हुन्छ ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही दिन अघि ह्वाइट हाउसमा उनले २५ प्रतिशतसम्म आर्थात् त्योभन्दा माथि पनि शुल्क लगाउने चेतावनी दिएका थिए ।

Advertisement

‘१० प्रतिशतबाट सुरु हुने शुल्क २५ प्रतिशतभन्दा माथि हुनेछ ।’ ट्रम्पले भने, ‘तर हामीलाई त्यस्तो गर्न आवश्यक नपरोस् ।’ नयाँ शुल्कले अमेरिकी उपभोक्तालाई पहिलेको भन्दा बढी समस्यामा पार्नेछ ।

यो शुल्क आइफोन र अन्य इलेक्ट्रोनिक्स तथा खेलौनालगायतका सामग्रीमा लाग्नेछ । गत वर्ष राष्ट्रपति ट्रम्पले २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ औद्योगिक सामग्रीलाई लक्षित गरी शुल्क थोपरेका थिए ।

Advertisement

‘हामीले धेरै अर्ब डलरका कुरा गरिरहेका छौँ, पक्का पनि हाम्रा उपभोक्तामा कुनै पनि प्रकारको मूल्यवृद्धि भएकोे छैन, यो चीनको लागत हो,’ राष्ट्रपति ट्रपको यो टिप्पणीबाट शुल्कका त्रासले चीनबाट कम्पनीहरु बाहिरहेका छन् । वास्तवमा, आर्थिक अध्ययनका अनुसार अमेरिकी उपभोक्तहरुमा शुल्कको भार परिरहेको छ न कि चीन तथा अन्य विदेशी आयातकर्तामा ।

मार्च महिनामा जारी भएको ह्वाइट हाउसको पहिल्लो आर्थिक प्रतिवेदनले शुल्कका कारण निराश बनाएको स्वीकारीएको छ । प्रतिवेदनमा भनिएको छ– मूल्यवृद्धि तथा उपभोगमा कमी आएकाले उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ ।

ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएपछि चीनको शाङ्घाईको ओभल कार्यालयको बैठकमा उसका व्यापार समूहलाई एक साताको प्रतिवेदन तयार गर्न भनिएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top