‘सञ्चारमाध्यम समावेशी बनाइनुपर्छ’

२० माघ ७४, आइतबार

काठमाडौँ, माघ २१
सरकारी र निजी सञ्चारमाध्यमलाई सहभागिता र विषयवस्तुको आधारमा समावेशी बनाइनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ, मधेश समितिद्वारा यहाँ आज आयोजित “पत्रकारिता, समावेशिता र सूचनाको हक” विषयको एक अन्तक्र्रियामा वक्ताहरूले सूचना तथा सञ्चार मन्त्रालयमातहत रहेका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस)सहित अन्य निजी सञ्चारमाध्यम समेत पूर्ण समावेशी हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मुलुक संघीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा सूचना आयोगलाई सातैवटा प्रदेशमा पुर्याउन सम्बन्धित निकायसँग आग्रह गरे । प्रमुख आयुक्त बाँस्कोटाले पत्रकारले सूचनाको हक प्रयोग गरेर मात्र सूचना लिनुपर्नेमा समेत जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सहभागिता र विषयवस्तुको हिसाबले सबै सञ्चारगृहलाई समावेशी बनाउन महासंघले पैरवी गरिरहेको बताए ।

सूचनाको हक लागू भइसकेको करिब १० वर्ष व्यतित भइसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसबारे समीक्षा गरिनुपर्ने आवश्यकता औँल्याए ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले सिंहदरबारभित्र मन्त्रालयमासमेत सूचनाको प्रयोग हुन नसकिरहेको सन्दर्भमा स्थानीय तहमा यसको प्रयोग कसरी हुन्छ भन्ने प्रश्न गरे ।

पत्रकार महासंघका सचिव तथा राससका कार्यकारी सम्पादक शीतल महतोले संविधानको मर्मअनुसार सञ्चारमाध्यमलगायत सबै क्षेत्रमा समावेशिताको सिद्धान्त लागू गरिनुपर्ने विचार व्यक्त गरे ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top