कश्मीरको ‘विशेष दर्जा’ फिर्ता, विपक्षी सांसदहरुद्वारा विरोध

साउन २०, एजेन्सी । भारत प्रशासित कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ केन्द्र सरकारले फिर्ता लिएको छ ।

कश्मीरलाई संविधानअन्तर्गत दिँदै आएको ‘विशेष दर्जा’ अन्त्य गर्ने प्रस्ताव सोमबार राज्यसभा बैठकमा पेश गरिएको हो ।

गृहमन्त्री अमित शाहले राज्यसभा बैठकमा कश्मीरलाई दिँदै आएको विशेष दर्जा अन्त्य गर्ने प्रस्ताव गरेका हुन् । विपक्षी सांसदहरुको विरोध र नारावाजीका बीच गृहमन्त्री शाहले बैठकमा प्रस्ताव पेश गरेका थिए ।

Advertisement

केन्द्र सरकारले जम्मु–कश्मीरलाई स्वायत्तता दिँदै आएको संविधानको अनुच्छेद ३७० लाई अन्त्य गरेसँगै जम्मु–कश्मीर अब केन्द्र शासित प्रदेश हुनेछ । यस अतिरिक्त केन्द्र सरकारले लद्दाखलाई अलग राज्य बनाएको छ ।

गृहमन्त्री शाहले अनुच्छेद ३७० ले कश्मीरलाई देशसँग जोड्नको सट्टा अलग गरेको जिकिर गरे ।राज्य सभाको बैठकमा गृहमन्त्रीले कश्मीरबारे विशेष प्रस्ताव पेश गर्नासाथ विपक्षी सांसदहरुले लगातार विरोध प्रदर्शन गरेका थिए ।

Advertisement

केही सांसदले आफ्ना कपडा च्यातेर विरोध जनाएका थिए । बैठक चलिरहँदा विपक्षी सांसदहरु लगातार नारावाजी गरिरहेका थिए ।

यसअघि सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नै गृहमन्त्री शाहले राज्यसभा बैठकमा प्रस्ताव ल्याएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top