कटहरी गाउँपालिकाले ल्यायो ३४ करोड ६५ लाखको बजेट

कटहरी गाउँपालिकाले ल्यायो ३४ करोड ६५ लाखको बजेट

२३ साउन, मोरङ ।
मोरङको कटहरी गांउपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । गांउपालिकाले विहीबार एक कार्यक्रमको आयोजना गर्दै ३४ करोड ६५ लाख १५ हजारको बजेट सार्वजनीकिकरण गरेको हो ।

स्थानिय जीवन विकास समाजको सभाहलमाआयोजितकार्यक्रमकाबीच संघीय सांसद अमनलाल मोदी,प्रदेश सभा सदस्यत्रय विद्यानन्द चौधरी,बिजयकुमार विश्वास,कल्पना सरदार र गांउपालिका प्रमुख रामकुमार कामतले संयुक्त रुपमा आर्थिकबर्ष २०७६/७७ को बजेट सार्वजनीकिकरण गरे ।

सो गांउपालिकाले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै १२ करोड ४४ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । जुनकुल बजेटको ३५.९७ प्रतिशत रहेको कटहरी गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले जानकारी दिए । यसैगरि सामाजिक विकासमा कुल बजेटको ३५.२५ प्रतिशत अर्थात १२ करोड २१ लाख ६२ हजार र आर्थिक विकासमा कुल बजेटको २.७८ प्रतिसत अर्थात ९६ लाख ४५ हजार रकम विनियोजन गरिएको उनले जानकारी दिए ।

यस्तै वातावरण तथाविपद् ब्यवस्थापनमा ६४ लाख,वित्तिय समपुरक कोषमा २ करोड र प्रशासनिक खर्चका लागि ५ करोड ५५ लाख १५ हजार रकम बिनियोजन गरिएको छ । सार्वजनिक गरिएको बजेटमा चालु खर्च तर्फ १५ करोड ४ लाख र पुंजिगततर्फ १९ करोड ६१ लाख राखिएको छ । बजेट सार्वजनीकिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले समानुपातिक ढंगले बजेट बाडफांड गरिएको विचार ब्यक्त गरेका थिए । कार्यक्रममा गांउपालिका उपप्रमुख मन्जिता कुमारी सरदारसहित विभिन्न राजनितिक दलका प्रतिनिधि, गांउपालिका र वडाका सदस्यतथा कर्मचारीसहित सर्वसाधारणको सहभागिता थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.