बलात्कार आरोपमा युवक पक्राउ, युवतीका आफन्तले दाँत झारिदिए

२३ माघ ७४, बुधबार

धरान – युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो ।

युवतीका आफन्तले राइलाई हातपात गरेर दाँत झारिदिएका छन् । आजको कान्तिपुरको पाँचौ पृष्ठमा यो खबर छ ।

Advertisement

समाचारमा लेखिएको छ, पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो ।

धनकुटाको चौबिसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययनरत २० बर्षकी ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीको आधारमा राइलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

सोमबार युवतीका आफन्तले धरानमा राइलाई भेट्दा हातपात गरेर दाँत झारेका छन् । राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता भएको प्रहरीले बताएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top