राजनीतिक नेतृत्व दुषित हुँदा भ्रष्टाचार बढ्योः पूर्व मुख्यसचिव

राजनीतिक नेतृत्व दुषित हुँदा भ्रष्टाचार बढ्योः पूर्व मुख्यसचिव

३२ साउन, काठमाडौँ ।

पूर्व मुख्य सचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन् ।

सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमता अनुसार काम गर्न नसकेको टिप्पणी उनले गरे । राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको तर्क उनले गरे । उनले भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सबै भन्दा राजनीतिक नेतृत्वका मुहान नै सफा हुनुपर्ने बताए । उनले भने “सुधार माथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउनुपर्छ । खुट्टा मात्रै पखालेर हुदैन ।”

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनले गरे । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे । उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.