सामाजिक उत्तरदायित्व बहन गर्दै सप्तकोशी सिमेन्ट

सामाजिक उत्तरदायित्व बहन गर्दै सप्तकोशी सिमेन्ट

३२ साउन, विराटनगर ।
सप्तकोशी सिमेन्ट प्रा.लिले मोरङको कटहरी–४ मा आँखा–कान सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा शनिबार गरिएको सो शिविरबाट ४ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

शिविरमा आँखा, कान जाँच गर्नुका साथै बिरामीहरुलाई आवश्यक औषधिहरु पनि निःशुल्क उपलब्ध गराईएको थियो । यस्तै शिविरमा आएका सबैलाई खाजाको समेत व्यबस्था गरिएको कार्यक्रम संयोजक रोनक अटलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बहन गर्दे आँखा–कान सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सप्तकोशी सिमेन्टले जनाएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कम्पनीको दाबी छ । शिविरमा विराटनगर आँखा अस्पतालका ८ जना विशिष्ट चिकित्सकको टोलीले आँखा,कान परीक्षण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.