रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

२ भदौ ७६, सोमबार
Share this
736shares

२ भदौ, काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ ।

Advertisement

यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ ।

मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुननिर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top