जयशंकर आउने भएपछि प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमण एक दिन पर सर्ने

१ भदौ ७६, सोमबार

२ भदौ, काठमाडौं ।

भारतीय विदेशमन्त्री जयशंकर आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि सिंगापुर जाने कार्यक्रम एक दिन पर सर्ने देखिएको छ । नेपाल(भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा सामेल हुन भदौ ४ गते सुब्रमण्यम जयशंकर नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली भदौ ४ गते नै स्वास्थ्य जाँचका लागि सिंगापुर जाने कार्यक्रम रहेकोमा त्यसै दिन नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने कार्यक्रम तय भयो जसका कारण ओली त्यसको भोलिपल्ट अर्थात भदौ ५ गते सिंगापुर जाने सरकारी उच्च स्रोतले बताएको छ ।

Advertisement

भदौ ५ गते सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालका विशेषज्ञ चिकित्सकसँग समय लिएकाले चार गते त्यसतर्फ प्रस्थान गर्ने ओलीको कार्यक्रम थियो।

भारतीय विदेशमन्त्री जयशंकरले बैठकमा सामेल हुनुको अलवा प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्तिलाई भेट गर्ने कार्यक्रम रहेको छ।

Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलका अनुसार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त आयोगको बैठकको नेतृत्व गर्ने छन्।

उक्त बैठकमा खासगरी नेपाल र भारतबीचको सम्बन्ध, सहयोग र साझेदारीका क्षेत्रहरु, पारवहन तथा व्यपार लगायतका विषयमा छलफल गर्दै आगामी दिनको बाटो तय गरिने छ।

यसअघि उक्त बैठक भारतको नयाँदिल्लीमा आयोजना गरिएको थियो । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको बैठक तीन वर्षपछि नेपालमा हुन लागेकाले त्यसलाई महत्वका साथ हेरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top