पावर प्लेमा नेपाललाई २३ रन मात्र!

२४ माघ ७४, बिहीबार

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ।

Advertisement

सुरूमै विकेट गुमाएको नेपालले पावर प्लेमा अर्थात १० ओभरको खेल समाप्तीमा १ विकेट गुमाएर २३ रन बनाउँदै खेलिरहेको छ।

नेपालका लागि कप्तान पारस खड्काले २७ बलमा १४ रन बनाएका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ बलमा ७ रन बनाएका छन्।

Advertisement

नेपालले अहिलेसम्म एउटा मात्र बाउन्ड्री प्रहार गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top