५ भदौ, काठमाडौं ।
नेपाल – भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन् ।
उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।