एनआरएन अध्यक्ष भवन भट्ट सिल्क एयरबाट ओरालिए

८ भदौ ७६, आइतबार

८ भदौ, काठमाडौं ।

Advertisement

गैर आवासीय नेपाली संघका (एनआरएन) अध्यक्ष भवन भट्टलाई सिल्क एयरले जहाजबाट बाहिर निकालेको छ ।

मदिरा पिएर जहाजमा बसेकाले भट्टलाई क्याप्टेनले उड्ने अनुमति नदिएको स्रोतको भनाइ छ । मदिराले मातेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्ट बोर्डिङ पास लिएर जहाजको सिटमा बसेका थिए । सोहिबेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई जहाजका कर्मचारीले बाहिर निकालेका हुन् । उनीहरू शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरु सिंगापुर जान लागेको न्यौपानेको भनाइ छ । विमानस्थलबाटै फर्काइपछि एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top