८ भदौ, एजेन्सी । फ्रान्समा माहुरीको विनास गर्ने पाँच वटा कीटनाशक विषादीलाई प्रतिबन्ध लगाउने पहिलो देश भएको छ ।

A ban on five neonicotinoid pesticides enters into force in France on September 1, 2018, placing the country at the forefront of a campaign against chemicals blamed for decimating critical populations of crop-pollinating bees. The move has been hailed by beekeepers and environmental activists, but lamented by cereal and sugar beet farmers who claim there are no effective alternatives for protecting their valuable crops against insects. With its ban, France has gone further than the European Union, which voted to outlaw the use of three neonicotinoids — clothianidin, imidacloprid and thiamethoxam — in crop fields. / AFP PHOTO / Fred TANNEAU
माहुरी संरक्षणका लागि फ्रानसले क्लोथियानिडिन, इमिडाक्लोप्रिड, थियामेथोक्साम, थियाक्लोप्रिड र एसतामिप्रिड नामक किटनाशकलाई प्रतिबन्ध लगाएको हो । यी विषादीले मौरीको अस्तित्व नै हराउन लागेको निक्र्योल गर्दै प्रतिबन्ध लगाइएको फ्रान्सले जनाएको छ ।
यसअघि युरोपेली सँघ इयूले गएको महिनादेखि बालिनालीमा क्लोथियानिडिन, इमिडाक्लोप्रिड र थियामेथोक्साम प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
अध्ययनले नियोनिकोटिनोइडस्ले मौरीको शुक्राणु गणनालाई काटेर स्मरणशक्तिमा ह्रास ल्याउने देखाएको थियो । वातावरण र माहुरी संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले प्रतिबन्धको समर्थनमा खुशीयाली मनाएका छन् ।
तर, ती किटनासकको प्रतिबन्धले हानिकारण किराले बालीमा क्षती गर्न सक्ने भन्दै किसानले भने चिन्ता व्यक्ति गरेका छन् । संयुक्त राष्ट्र संघले गएको वर्ष ४० प्रतिशत परागसेचन गर्ने जीव विशेषगरी माहुरी र पुतली लोप हुने जोखिम रहेको जनाएको थियो ।
अब यी किटनाशक हरितगृहमा समेत प्रयोग गर्न पाइने छैन ।
