भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै हुन्ःरवीन्द्र मिश्र

७ भदौ ७६, आइतबार

८ भदौ, बुटवल ।

भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।

Advertisement

आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट नै यो निर्णय गर्ने उनले जनाए । पत्रकार सम्मेलनमा बोल्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका छन् ।

पुराना दलहरुले आमजनता, कर्मचारीलाई दलको छाता ओढ्नै पर्ने स्थितिमा पुर्‍याएको उल्लेख गर्दै मिश्रले यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने ठोकुवा गरे । पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएको र जनताले विकल्प नदेखेर दलको छाता ओढेको बताएका मिश्रले जनताले अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नुपर्नेमा जोड दिए । संयोजक मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खतरामा पर्‍यो भन्नु सरकार र दलहरुले आफ्नो अकर्मण्यता र कमजोरी ढाकछोप गर्ने बहानाबाजी मात्रै भएको बताए ।

दुई तिहाइ बहुमतको बलियो सरकार रहे पनि जनताले विकासको अनुभुति गर्न नपाएको बरु करको भार थोपर्ने काम भएको भन्दै उनले सरकारको आलोचना गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top