इंग्लिस प्रिमियर लिगमा आज राति ३ वटा खेल हुने

इंग्लिस प्रिमियर लिगमा आज राति ३ वटा खेल हुने

८ भदौ, एजेनसी । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरणको खेल जारी रहँदा सिटले ४ अंक जोड्दै आफूलाई तालिकाको चौथो स्थानमा राखेको छ भने बर्नमाउथले पनि समान चार अंक जोडे पनि गोल अन्तरका आधारमा सातौं स्थानमा छ । खेल बर्नमाउथको मैदानमा हुनेछ ।

यस्तै, नेपाली समय अनुसार राति सवा ९ बजे २ वटा खेल हुनेछन् । टोटनह्याम र न्यूक्यासल युनाइटेड आमने सामने हुनेछन् । सोही समयमा अर्को खेलमा वुल्भस र बर्नलेले प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.