विराटनगर, माघ २७
विराटनगर सँगै सिमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा विद्युत चोरी गर्ने आधादर्जन व्यक्तिहरुलाइर्m पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण र प्रहरीको सँयुक्त अनुगमन टोलीले विधुत चोरीमा संलग्न ६ जनालाई पक्रो गरेको हो ।
पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा–४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा–१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव रहेका छन् ।
अनुगमन टोलिले हुकिङ गरि घरमा बिधुत लगेको पाईएपछि नियन्त्रणमा लिएको जनाएकोछ । विधुत चोरी नियन्त्रण अभियान अन्तर्गत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सँयुक्त टोलीले गएराती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेको थियो । सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर कार्वाही प्रक्रीय अघि बढाईएको जनाईएको छ । पक्राउ परेका उनीहरुका साथबाट प्रहरीले विभिन्न विद्युतिय उपकरण समेत बरामद गरेको छ ।