स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट दुई हजार भत्ता

२६ माघ ७४, शनिबार

सोलुखुम्बु, माघ २७
महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो ।

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।

सरकारले प्रदान गर्दै आएको रु एक हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु दुई हजार गरी जम्मा रु तीन हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु दुई हजार गरी जम्मा रु दुई हजार ५०० भत्ता पाउने छन् ।

Advertisement

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको तीन वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।

थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु पाँच हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु तीन हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ ।

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।

पाँच जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु दुई हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top