लामिछानेले आज धन्यबाद सभा गर्ने

१० भदौ, चितवन ।
रवि लामिछानेले मंगलबार चितवनको नारायणगढमा धन्यबाद सभा गर्ने भएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरि १२ दिनसम्म प्रहरी हिरासतमा राखेको थियो । उनी सोमबार बेलुका धरौटीमा रिहा भएका थिए ।

Advertisement

उनीसहित तीनजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा लागेको छ । रिहा भएका रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी नदी किनारको प्रदर्शनी मैदानमा धन्यबाद सभा गर्ने जानकारी दिएका छन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘चितवनसहित देशका सबै जिल्ला तथा देश–विदेशबाट मेरो पक्षमा उभिनु हुने सबैलाई धन्यबाद दिनका लागि धन्यबाद सभा आयोजना गरेको छु ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top