राखेपमा राजनीतिक नियुक्ती बन्द गर्न सांसदको प्रस्ताव

११ भदौ ७६, बुधबार
Share this
672shares

११ भदौ, काठमाडौं ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ ।

Advertisement

समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसंग छलफल गरेको हो । विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने धारणा राखेका छन् ।

संसोधनकर्ता लेखा समितिका सभापति भरत कुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्य भन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएकाले सो सम्बन्धी प्रावधान् संसोधन गर्नुपर्ने बताए ।

Advertisement

त्यसैगरी सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने धारणा राखिन् । त्यसैगरी जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गरे । सांसद सूर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायीक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुदको क्षेत्रका समस्या सम्बोधन गर्ने गरि मार्गदर्शन गर्ने गरि खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधै तयार रहेको बताए ।

Advertisement

राष्ट्रियसभामा पेश भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझाव सहित प्रतिनिधिसभामा पठाएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top