११ भदौ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिकरुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केहीबर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भईरहेको बताएका हुन ।
धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क उनले गरेका छन ।
थापाले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए । अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए ।
उनले १० बर्षको बीचमा दशौ लाखको धर्म परिर्वतनभएको दाबीगर्दै धर्म, संस्कृतिजोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।