कश्मीरमा भारतीय सरकारद्वारा पुनः प्रतिबन्ध, समूहमा नहिँड्न आग्रह

Share this
774shares

१३ भदौ, एजेन्सी । कश्मीरमा भारतीय सरकारले पुनः प्रतिबन्ध लगाएको छ। शुक्रबार हुने प्रार्थनाका क्रममा प्रदर्शन हुनसक्ने आंकलन गरेर प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार, जम्मुकश्मीर राज्यको राजधानी श्रीनगरसहित कश्मीर उपत्यकामा प्रतिबन्ध लगाएको हो। स्थानीय वासिन्दालाई समूहमा यताउता नगर्न सूचना जारी गरिएको छ।

त्यसैगरी, कश्मीर उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीका ब्यारिकेड्स राखिएको छ। व्‍यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय सेनाका प्रमुख विपिन रावत कश्मीरको भ्रमणमा जाँदै छन्।

Advertisement

त्यसलाई पनि ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यम सञ्चार माध्यमले जनाएको छ। भारतले जम्मु र कश्मीरको विशेष अधिकार खोसेसँगै २६ दिनदेखि कश्मीरको जनजीवत प्रभावित भएको छ। शुक्रबार पुनः प्रतिबन्ध लगाएपछि स्थिति असहज बनेको हो।

केही क्षेत्रका टेलिफोन लाइन संचालनमा आएका छन। इन्टरनेट भने अझै बन्द रहेको छ भारतीय सञ्चार माध्यमले जनाएको छ। कश्मीरका पूर्वमुख्यमन्त्रीसहित नेता तथा कार्यकर्तालाई अझै पनि हिरासत र नरजबन्दमै राखिएको छ।

Advertisement

कश्मीरका वासिन्दाले विस्तारै विरोध प्रदर्शन गर्न थालेका छन्। कर्फ्यू हटाएको क्षेत्रमा स–साना प्रदर्शन भइरहेको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top