×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वोच्चमा घट्यो मुद्दा फछ्र्योट दर

१४ भाद्र २०७६

१४ भदौ, काठमाडौं । जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फछ्र्योटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फछ्र्योट दर घटेको छ ।

वि.सं. २०७५ असार मसान्तको तुलनामा गत असार मसान्तसम्म फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटेको हो । मुद्दा तथा रिटको फछ्र्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । वि.सं. २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो ।

Advertisement
Advertisement

यो वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषणअनुसार उच्च र जिल्ला अदालतमा भने फछ्र्योट दरमा सुधार छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । विश्लेषणसहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको भने छैन ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फछ्र्योटको सङ्ख्या र प्रतिशत दुवै घटेको बताए ।

अन्य अदालतहरूको हकमा भने वार्षिक लक्ष्यअनुसार फछ्र्योट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सर्वोच्चको हकमा हामीले लक्ष्यअनुसार फछ्र्योट गर्न सकेका छैनौँ । उच्च र जिल्लाको हकमा वार्षिक लक्ष्यअनुसार फछ्र्योट भएको छ । सर्वोच्चमा रिटमा नै धेरै समय व्यतित भइरहेको छ । अन्तरिम आदेश हुने वा नहुनेमा नै धेरै समय लाग्छ । यसले गर्दा पनि मुद्दा फछ्र्योटमा केही असरचाहिँ परेको छ ।

सर्वोच्चमा मुद्दा तथा रिटको लगत २०७५ असार मसान्तसम्म कुल ३० हजार ४८९ रहेकोमा ११ हजार २८ फछ्र्योट भएका थिए । जसमा जिम्मेवारी सरेका मुद्दा २० हजार ९८८ थान रहेका थिए । कुल मुद्दामा १९ हजार ४६१ थान मुद्दाको जिम्मेवारी सरेको थियो । कुल मुद्दाको ३६ प्रतिशत मुद्दा फछ्र्योट भएका थिए ।

Advertisement
Advertisement

सर्वोच्च अदालतमा जिम्मेवारी सरेकासहित जम्मा ३२ हजार ६०६ मुद्दा दर्ता भएका थिए । जसमा नौ हजार २०६ मुद्दा फछ्र्योट भएका छन् । कुल मुद्दा अनुसार फछ्र्योट दर २८ प्रतिशत हो । वार्षिक लक्ष्य भने १७ हजार ७९९ को थियो । सर्वोच्चमा दुई वर्ष नाघेका मुद्दा नौ हजार ५७५ छन् । डेढ वर्ष नाघेका मुद्दा ११ हजार १६५ रहेका छन् । अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत कम फछ्र्योट भएका छन् । नयाँ दर्तातर्फ भने अघिल्लो वर्षको तुलनामा तीन हजार ६३८ भन्दा बढी मुद्दा दर्ता भएका छन् । गोरखापत्र दैनिक

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top