फेडेरर युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश

फेडेरर युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश

१४ भदौ, एजेन्सी ।

रोजर फेडेरर युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । बेलाती खेलाडी ड्यान इभान्सलाई पराजित गर्दै स्वीस फेडेररले चौथो चरणमा स्थान पक्का गरेका हुन् ।

३८ वर्षका फेडेररले इभान्सलाई ६–२, ६–२ र ६–१ को सेटमा पराजित गरेका हुन् । यसअघिका दुई खेलमा सुरुका सेट गुमाएर त्यसपछिका सेटमा पुनरागमन गरेका तेस्रो बरियताका फेडेररले तेस्रो चरणको खेलमा सबै सेटमा आफ्नो दबदबा कायम गरेका हुन् ।

पाँच पटकका विजेता फेडेरर गएको वर्ष अन्तिम १६ बाटै बाहिरिएका थिए । उनले चौथो चरणमा १५ औँ बरियताका डेविड गोफिनसँग प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.