१७ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मंगलबार सिंगापुर जाँदैछन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मंगलबार दिउँसो १ बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीयसचिव यम पाण्डेले जानकारी दिए ।
स्वकीयसचिव पाण्डेकाअनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ । (रासस)