गौहत्यामा सम्लग्नलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

भदौ १७, विराटनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

उँ कार परिवारकारुपमा एकत्रित भएका ती संस्थाहरुले जिल्ला कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन् । उनीहरुले सो घटनामा १८ गाई र ६ वटा गोरु मृत भेटिएको तथा सयौंको संख्याका गाइगोरुलाई भीरबाट लडाएर गम्भीर घाइते बनाइएको घटनामा संलग्नको पहिचान गरि कारवाही गर्न माग गरेका हुन्।

Advertisement

हिन्दु जागरण नेपालका मोरङ सचिव कुशलकुमार निरौलाले घटनामा संलग्नलाई पहिचानगरि दोषीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गरे । उनले संबिधानको प्रस्तावना ९ (३) मा गाईलाई राष्ट्रिय जनावरकोरुपमा मानिएको बताउनुहुंदै राज्यपक्ष गम्भीर भएर घटनाको अनुसन्धान र कारवाही गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई सम्बोधन गरि लेखिएको सो आशयको ज्ञापनपत्र सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष शिवदत्त भट्टराईले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

Advertisement

ज्ञापनपत्र बुझदै सहायक प्रजिअ भण्डारीले फ्याक्स मार्फत प्रधानमन्त्रीको सचिवालयलाई सो ज्ञापनपत्र पठाइने जानकारी दिए ।

ज्ञापन बुझाउन श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्य सहित हिन्दु जागरण नेपाल,बैदिक कर्मकाण्ड परिषद,ब्राम्हण समाज,निम्बार्क बैष्णव परिषद,बैष्णव युवा परिषद,जैन समाज र रामानन्दाचार्य सेवा पिठ चतराधाम सहित विभिन्न संघसंस्थाका प्रतिनिधि विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

दैलेख सुर्खेत सडकखण्डको जंगलमा गएको भदौ १२ गते २४ वटा गाइगोरु मृत र अन्य दजनौ घाईते अवस्थामा भेटिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top