चिसो मौसम हुने संखुवासभामा समेत डेंगु

१८ भदौ ७६, बुधबार
Share this
686shares

१८ भदौ, संखुवासभा ।

Advertisement

पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि पाँच जनामा डेंगु देखा परेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।

अहिलेसम्म जिल्ला अस्पताल खाँदबारीमा दुई जना, तुम्लिङटारको मनकामना अस्पतालमा दुई जना र खाँदबारीमा नै रहेको गोपाल भगत अस्पतालमा एक जनालाई डेंगु देखिएको पुष्टि भएको जिल्ला अस्पताल खाँदबारीका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर लक्ष्मण खड्काले बताए ।

Advertisement
?????

केही समयअघि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाएकामा नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको सुपरिन्टेण्डेन्ट खड्काले जानकारी दिए

त्यसपछि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका खाँदबारी–८ घर भएका ३० वर्षीय सुनील श्रेष्ठलाई समेत डेंगु देखिएको उनको भनाइ छ ।

Advertisement

साथै खाँदबारी–९ का नारायण लम्साल र संगीता मगरलाई समेत डेंगु देखिएको हो । उनीहरुलाई तुम्लिङटारको मनकामना अस्पतालमा चेकजाँच गर्ने क्रममा डेंगु रहेको पत्ता लागेको हो ।

त्यसैगरी सदरमुकाम खाँदबारीमा नै रहेको गोपालभगत अस्पतालमा खाँदबारी–३ मानेभञ्जाङ्गकी उषा श्रेष्ठलाई डेंगु देखियो । श्रेष्ठ पनि घर नजिकैको शिक्षण पेसामा आबद्ध छिन् ।

सम्पूर्ण प्रतिवेदन जिल्ला अस्पतालमा पठाइ सकिएको अस्पतालका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिए । डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । विशेषगरी गर्मी मौसम र गर्मी ठाउँमा देखिने गर्छ ।

सुरुमा टाउको दुख्ने, सामान्य ज्वरो आउने, वान्ता हुने, पसिना आउने, हाडजोर्नी, मांशपेशी र नसाका साथै आँखाका गेडीहरु दुख्ने जस्ता भाइरलका लक्षणहरु नै देखापर्ने डा. खड्काको भनाइ छ ।

संखुवासभा जस्तो चिसो हुने पहाडी क्षेत्रमासमेत डेंगु देखा पर्नु अलि अनौठो मानिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top