आईओएम कार्यालयको ताला प्रहरीले खुलायो, एमबीबीएसको प्रवेश परीक्षा आगामी २१ गते नै हुने

१७ भदौ ७६, बुधबार

भदौ १८, काठमाडौं । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ । ताला खोलिएपछि एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति आगामी २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ ।
प्रवेश परीक्षा पूर्व्निर्धा्रित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार ऐनमा व्यवस्था भएबमोजिम चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त गर्ने, चिकित्सा शिक्षा नियमावली तर्जुमा गर्नेलगायतका कामका लागि प्रक्रिया अघि बढेका छन् ।

चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरे पनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसैगरी ऐनको दफा १७ को उपदफा ५ र ७ आपसमा बाझिने खालको भएकाले पनि तत्काल कार्यान्वयनमा कठिनाइ भएको एक अधिकारीले बताए । उनले भने, ‘चिकित्सा शिक्षा ऐनअन्तर्गत चिकित्सा शिक्षा आयोग नबने पनि, ऐन कार्यान्वयनका लागि नियमावली नबने पनि र ऐनमा छात्रवृत्तिको व्यवस्था तोके बमोजिम हुने छ भनेर लेखिए पनि आजै लागू र्ग भनेर लागू गर्न सक्ने अवस्था छैन । त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्दै जानुपर्ने हुन्छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top