चिनियाँ राष्ट्रपति सीको नेपालभ्रमण अघि विदेशमन्त्री यी नेपाल आउँदै

चिनियाँ राष्ट्रपति सीको नेपालभ्रमण अघि विदेशमन्त्री यी नेपाल आउँदै

भदौ १८, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिङपिङ पहिलोपटक नेपाल आउने आंकलन भइरहेका बेला सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल आउने भएका छन् ।

बनारसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भनिएको शिखर बैठकका लागि जाने तयारी गरिरहेका राष्ट्रपति सी जिङपिङ त्यहीँबाट करिब नौ घन्टाका लागि काठमाडौँमा आउने अनुमान गरिएको छ । उनको सम्भावित भ्रमणभन्दा एक महिनाअघि त्यसको पूर्वतयारीका रुपमा विदेशमन्त्री वाङ यी नेपाल आउन लागेको बुझिएको छ ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी पाकिस्तान ६ सेप्टेम्बरमा पुग्ने र त्यहाँबाट ८ सेप्टेम्बरमा नेपाल आइपुग्ने बताइएको छ । उनी पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्तामा सहभागी हुनेछन् ।

नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइए पनि यसबारे टुंगो भइनसकेको बुझिएको छ । वाङ यीको नेपाल-पाकिस्तान र सम्भावित भारतयात्राको तालिकाले मोदी र सीबीच अर्को महिना हुने शिखर बैठकमा क्षेत्रीय विषयले प्राथमिकता पाउने आंकलन गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.