कांग्रेसलाई कांग्रेसलेमात्र हराउन सक्छः शशांक कोइराला

कांग्रेसलाई कांग्रेसलेमात्र हराउन सक्छः शशांक कोइराला

२० भदौ, भक्तपुर ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई कांग्रेसलेमात्र हराउन सक्ने बताएका छन्।

प्रदेश ३ का सात जिल्ला महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘भक्तपुरमा चुनाव हुँदैछ। यसपटक कांग्रेसले जित्नुपर्छ,’ कोइरालाले भने, ‘देशको स्थिति जटिल भएकाले कांग्रेस अघि बढ्नुपर्ने अवस्था आइसकेको छ।’

भक्तपुरको बोडेमा प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.