भाइरल ज्वरोको प्रकोप, एकै गाउँका ७३ जना बिरामी

२० भदौ ७६, शुक्रबार

२० भदौ, पाल्पा ।

Advertisement

पूर्वखोला गाउँपालिका–३ रिङनेरहको अर्खलडाँडामा चार दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँ नै प्रभावित भएको छ ।

गाउँका अधिकांश बिरामी भएपछि दुई दिनदेखि विद्यालय बन्द छ । अर्खलडाँडामा केही दिनयता मौसमी भाइरल ज्वरोको प्रकोप देखिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले बताए।

Advertisement

कोरङगा र अर्खलडाडाँ गाउँका २० बढी घर परिवारमा भाइरल ज्वरोको प्रकोप देखिएको उनले बताए। भाइरल फैलिएको जानकारी पाउनासाथ गाउँपालिकाको स्वास्थ्य शाखा र रिङनेरह स्वास्थ्य चौकीबाट गाउँमै शिविर राखेर बिहीबार उपचार गरिएको छ।

स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालका अनुसार ७३ जनालाई गाउँमै पुगेर उपचार गरिएको छ। टोलीले ४३ जना पुरुष, ३० जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो।

Advertisement

यसमा १८ जना विद्यार्थी प्रभावित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। गाउँका अधिकांश बालबालिका बिरामी परेको र भाइरल अन्यलाई सर्ने भएकाले जनउज्जवल आधारभूत विद्यालय शुक्रबार पनि विदा दिइएको छ।

मौसमी रुघाखोकी, ज्वरो र भाइरलमा उपचार पछि केही सुधार आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकामा दैवीप्रकोप द्रुत समूह गठन गरिएकाले खबर पाउनासाथ तत्काल उपचारका लागि टोली पठाउने गरिएको अध्यक्ष थापाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top