भन्सार तिरेको माछा विराटनगरका प्रहरीले सडकमा फालिदिए

२० भदौ ७६, शनिबार

२१ भदौ, विराटनगर।

विराटनगर रानी भन्सार हुँदै नेपाल ल्याउँदै गरेको साढे ३ लाखको करिब १३ सय २० केजी माछा प्रहरीले सडकमै फालिदिएको छ ।

सडकमा खटिएको वडा प्रहरी कार्यालय विराटनगरका सन्तोषकुमार यादवको नेतृत्वमा रहेको टोलीले स्थानीय कलेज रोडमा रोकेर सडकमै माछा फालिदिएको ब्यापारीहरुले बताएका छन् ।

Advertisement

भन्सार काटेर ल्याएको माछा सडकमा फालीदिएपछि स्थानीय ब्यवसायीहरु आक्रोसित बनेका छन् । साढे ३६ हजार भन्सार तिरेर ल्याएको साढे ३ लाखको माछा प्रहरीले रोडमै फालिदिएपछि माछा व्यापारी आक्रोसित बनेका हुन् ।

Advertisement

प्रहरीले ब्यापारीमाथि गरेको यस्तो ब्यबहारले प्रहरीले आफनो दबदवाहट सिर्जना गर्न खोजेको भन्दै स्थानीय ब्यापारीले स्थानीय प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । काम गरेर पनि खान नदिने भए ।

जसले सुरक्षादिनुपर्ने हो उसैको यस्तो त्रास फैलिएपछि कसरी ब्यापार ब्यवसाय गर्नु भन्ने चिन्ता भयो स्थानीय ब्यापारी सन्दिप सहनीले भने यस्तो अवस्थामा कसरी ब्यापार ब्यवसाय गर्नु ,सरकारलाई कर तिर्नु हो कि ? हामीले प्रहरी वा भन्सार कर्मचारी वा टोले नाइके भन्नेहरुलाई तिर्नुपर्ने हो निश्चित गरिदिनु पर्याे ।

प्रहरीले चेक जाँचको नाममा ब्यवसायीहरुलाई गर्ने दुब्र्यवहार र प्रहरीले देखाउने दादागिरीले ब्यवसायीहरु आक्रान्त भएको अर्का ब्यवसायी नसरुल मियाँले बताए ।

ब्यवसायीले प्रक्रिया पूरा गरेर ल्याएको सामान सडकमा फाल्ने अधिकार प्रहरीलाई नभएको र यस्तो कार्य गर्ने माथि छानविन गरी कारबाही गर्नु पर्ने माग उनीहरुले गरेका छन् ।

ब्यवसायीहरुले मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले आफुहरुसँग मासिक रुपमा एक लाख मागेको समेत आरोप लगाएका छन ।

प्रहरीले भन्सारमा कहीकतै पैसा तिर्नु नपर्ने तर आफूलाई मासिक एक लाख बुझाउनुपर्ने श्रेष्ठले बताउने गरेको माछा ब्यापारी निलम सहनीले बताइन् । यता प्रहरीले भने सुरुमा बिल नदेखाएको र पछिबाट बिल देखाएको भन्दै अनुसन्धान भईरहेको बताएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top