२२, भदौ,काठमाण्डौ ।
भारतिय विदेशमन्त्रीको नेपाल भ्रमण पछि यतिबेला चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने विषयले निकै महत्व पाएकोे छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् ।
भरै बेलुका ५ बजे उनि काठमाण्डौ आउने जनाइएको छ । वाङले भोली सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री यी ले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन् । उनिचिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका क्रममा नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधार तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार हुने परराष्ट्रमन्त्री स्तरीय द्धिपक्षीय वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था, अबका सम्भावना, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।