नक्कली सुन र पेस्तोलसहित ९ जना पक्राउ

२१ भदौ ७६, आइतबार

२२, भदौ, काठमाडौं ।

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरी स्थित हाई रेष्टुरेण्ट एण्ड डान्स वारबाट परिसरबाट दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, बिदुर नगरपालिकाका २७ वर्षीय पिटर तामाङ, २५ वर्षीय धर्मराज तामाङ, गोरखा अजिरकोट गाउँपालिकाका ३८ वर्षीय कुशल अधिकारी, धादिङ खनियाबास गाउँपालिकाका २६ वर्षीय बिजय तामाङ, रसुवा छोदिम्बुका ३० वर्षीय योर्साङ लामा, गुल्मीको ईस्माका ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगयाका ३६ वर्षीय छिरिङ तामाङ र नुवाकोट तारकेश्वरका २८ वर्षीय राजन तामाङ रहेका छन् ।

उनीहरुको साथबाट २ वटा सानो चाईनिज पेस्तोल, त्यसमा लाग्ने ४ राउण्ड गोली र १ किलो नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top