प्रदेश २ लोक सेवा आयोगका अध्यक्षद्वारा शपथ ग्रहण

२१ भदौ ७६, आइतबार

२२ भदौ, जनकपुरधाम।

प्रदेश २ लोक सेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार पद तथा गोपनियताको शपथ गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्ष पदमा सिफारिस भएका यादव सिरहा जिल्ला निवासी हुन् । यादव सिरहाको सूर्यनारायण, सत्यनारायण मोडबैता यादव बहुमुखी क्याम्पसका सह(प्राध्यापक हुन् ।

त्यसैगरी मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।

मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोक सेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो ।

प्रदेश प्रमुख कायस्थले यादवलाई शपथ ग्रहण गराइरहँदा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मन्त्री, प्रदेश सांसद, कर्मचारीसहितको उपस्थिति थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top