प्रदेश १ मा डिजिटल साक्षरता सुरु,अमेरिकी पाठ्यक्रममा पढाईने

२१ भदौ ७६, आइतबार

२२ भदौ, विराटनगर । ५३ औ अन्तराष्ट्रिय साक्षरतादिवस र ४० औं राष्ट्रिय शिक्षादिवसको सन्दर्भ पारेर प्रदेश–१ सरकारले मोरङबाट डिजिटल लिट्रेसी अभियानको सुरुआत गरेको छ ।

मोरङको बुढीगंगा गाँउपालिका–१ टंकीसिनबारी स्थित श्री नरग्राम माध्यमिक विद्यालयमा डिजिटल लिट्रेसी शिक्षा आरम्भ गर्दै अभियान संचालनमा ल्याइएको हो । सो विद्यालयमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले ल्यापटपमा क्लिक गर्दै डिजिटल लिट्रेसी शिक्षाको शुरुआत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले प्रदेश १ बाट नेपालमै पहिलोपटक डिजिटल लिट्रेसी शिक्षा शुरु गरिएको बताए । उनले सूचना र प्रविधिलाई बिकास र समृद्धिसंग जोड्ने अभियानअन्र्तगत अभियान सुरु गरिएको बताए ।

प्रदेशभरिका विद्यालयहरुमा यो अभियान पु¥याइने उनले उल्लेख गरे । मुख्यमन्त्री राईले अमेरिकामा हुने पढाइको पाठ्यक्रममा आधारित पढाई अब डिजिटल लिट्रेसी लागू हुने विद्यालयहरुमा पढाइने बताए ।

सामाजिक विकास मन्त्री जिवन घिमिरेले आउदो १० बर्षभित्र विद्यालयहरुबाट स्कुल ब्याग विस्थापित गर्ने घोषणा अनुसार डिजिटल लिट्रेसी अभियान सुरु गरिएको बताए । उनले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा प्रदेश भित्रका १ सय विद्यालयमा यो अभियान चलाइने जानकारी दिए ।

उनले अभियानलाई सफल बनाउन अध्यापन गराउने शिक्षकका साथै आमा समूहलाई आईटी सम्बन्धि तालिक दिन थालिएको बताए । मन्त्री घिमिरेले प्रदेश एकलाई चाँडै नै साक्षर प्रदेश घोषणा गरिने जानकारी समेत गराए ।

डिजिटल लिट्रेसी अभियान सुरु गर्नुअघि नरग्राम माध्यमिक विद्यालयमा २० वटा कम्पयुटर जडान गरि ईल्याब स्थापना गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top