सन्दीपको टिम बार्बाडोस ट्रिडेन्सको पहिलो खेलमा नै हार

सन्दीपको टिम बार्बाडोस ट्रिडेन्सको पहिलो खेलमा नै हार

२३ भदौ, एजेन्सी ।

क्यारेवियन प्रिमियर लिग सीपीएलमा बार्बाडोस ट्रिडेन्सले पहिलो खेलमा नै हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।

जवाफमा सन्दीपको टिम बार्बाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो । बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दीपले ब्याटिङमा दुई बल फेस गर्दा शून्य रनमा नै आउट भए । उसका लागि एस्ले नर्सले ४० रन बनाउँदा जेपी डुमिनीले २० तथा जोनसन चाल्र्सले १९ रनको योगदान गरेपछि बाँकि खेलाडी सस्तैमा आउट भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.