×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अष्ट्रेलियाद्वारा एसेज ट्रफी रक्षा

२३ भाद्र २०७६

२३ भदौ, एजेन्सी ।

एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलिया इंग्ल्यान्डभन्दा १ सय ८५ रनले विजयी भएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको हो ।

Advertisement
Advertisement

पाँचौ दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि अथक प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म टिकेर अस्ट्रेलियाली बलरलाई हम्मेहम्मे पारेका थिए ।

इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए ।

अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो । स्टिम स्मिथले ३ सय १९ बलमा २४ चौका र २ छक्का सहित २ सय ११ रन जोडेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ४९७–८ को समाप्तीमा इनिङ समाप्तीको घोषणा गरेको थियो ।

पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय १ रनमा अल आउट भएपछि १ सय ९६ रनले पछि परेको थियो । पहिलो इनिङमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

अष्ट्रेलियाका जोश हेजलवुड ४,मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए । स्मिथले पुन ८२ रनको योगदान दिएपछि १८६–६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३ सय ८३ रनको लक्ष्य दिएको थियो ।

Advertisement

इंग्ल्याण्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ । किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top