वर्तमान सरकारले जनताको सेवा गर्नुको विकल्प छैनःपुष्पकमल दाहाल

२२ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्विकार्य नहुने चेतावनी पनि दिए ।

Advertisement

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उनले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

Advertisement

उनले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोर भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top