अब विवाह गरेको ७ वर्षपछि विदेशी महिलालाई नागरिकता

२७ भदौ ७६, शुक्रबार
Share this
692shares

२७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

Advertisement

प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरि अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारे ।

सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उनले जानकारी दिए । गृहमन्त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुष संग विहे गर्ने महिलालाई नेपाली अंगिकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पारे ।

Advertisement

सरकारले नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिला र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषका लागि अंगिकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उनको भनाई थियो ।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन ।

Advertisement

विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top