×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराट साहित्य संगममा सम्मान र सिर्जना वाचन

२८ भाद्र २०७६

२८ भदौ, विराटनगर ।

विराटनगरस्थित विराट साहित्य संगमले शनिबार विशेष समारोहका बीच दुईजना व्यक्तिलाई सम्मान गरेको छ ।

Advertisement
Advertisement

संगमले साहित्यका माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार उमानाथ घिमिरे ‘सागर’लाई ‘जमुनादेवी–वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरेको छ ।

साहित्यकार कविता चापागाईंले स्थापना गरेको पुरस्कारको राशि २ हजार ५ सय रूपैयाँ रहेको छ । त्यस्तै संगमले लामो समयदेखि विराट साहित्य संगमको निःशुल्क रूपमा लेखापरीक्षण गरेबापत लेखापरीक्षक रामचन्द्र गौतमलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, बलराम पोखरेल, रमाप्रसाद रिजाल, आयोजक संस्थाका अध्यक्ष ऋतु आसीकलगायतले घिमिरे र गौतमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

सोही अवसरमा आयोजित सिर्जना वाचन कार्यक्रममा मधु पोखरेल, एलपी पराजुली, शिवनारायण पण्डित, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, ममता श्रेष्ठ, कृष्णराज कोइराला, लावण्य सापकोटा, हरिप्रसाद बराल, गण्डकीपुत्र, अच्युतप्रसाद खतिवडा, बाबुराम श्रेष्ठ ‘वर्षा’, लक्ष्मी पोखरेल, मीना श्रेष्ठ, जमुना पौड्यालले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

त्यस्तै सरला चापागाईं, लक्ष्मी अच्युत ढुंगाना, भवानी पोखरेल, मञ्जु घिमिरे, जीवनाथ नेपाल, टीका मिलन, लक्ष्मी रायमाझी, स्वयम्भुनाथ कार्की, सरिता तुलाधर, नवराज घिमिरे, कविता केशरी, कान्तिदास कोइराला, शान्ता कर्ण, पदम भट्टराई, रामबाबु दाहाल, पूजा बहार, कविराज पोखरेल, बाबुराम पोखरेल, रोहिणी रसिक, सरस्वती ठाकुर, पूजा साह, रातो कमल, गोपाल निर्भीक, मञ्जु श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरे ।

Advertisement
Advertisement

संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top