साउदी अरेबियाद्वारा तेल र ग्यासको उत्पादनमा आधा कटौती

२९ भदौ, काठमाडौं । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको हो ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५ दशमलव ७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।

यमनका हुथी बिद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका हुन् । त्यसका लागि १० वटा ड्रोन प्रयोग गरिएको हुथी बिद्रोहीले जनाएको छ । साउदी अरेबियाको व्यापारिक सहयात्री अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको आरोप लगाएका छन् ।

Advertisement

साउदी तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएका ड्रोन यमनबाट आएको भन्ने कुनै प्रमाण नै नरहेको पोम्पेओको भनाई छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई साथ दिँदै आएको छ भने इरानले हुथी बिद्रोहीलाई साथ दिएको छ । साउदी नेतृत्वको गठबन्धन सेनालाई पश्चिमा देशको पनि साथ छ ।

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण अल्कालीन रुपमा अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द भएको प्रिन्स अब्दुलाजिजले साउदी प्रेस एजेन्सी (एसपिए) मार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ ।

Advertisement

आक्रमणपछि हाल दुवै प्रशोधन केन्द्रमा अवस्था नियन्त्रणमा रहेको जनाइएको छ । साउदीले उत्पादन घटाउँदा विश्वव्यापी रुपमा इन्धनको आपूर्तिमा असर पर्ने सम्भावना छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top