२९ भदौ, एजेन्सी ।
इंग्ल्याण्डको अक्सफोर्ड स्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको जनाइएको छ । अमेरिका नामको दिइएको सो १८ क्यारेट सुनको ट्वाइलेट शनिबार राति चोरी भएको हो ।
चोरको समूहले राति प्यालेसमा पसेर सुनको ट्वाइलेट चोरी गरेको स्थानीय प्रहरीले जनाएको छ । सो ट्वाइलेट दरबार अवलोकनमा आउनेले प्रयोग गर्न पाउने बताइएको छ ।
चोरीको आशंकामा ६६ वर्षका व्यक्ति पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ट्वाइलेट भने फेला परेको छैन ।